arrow

बालेनको 'ड्रेसअप' र कार्यशैलीमाथि राष्ट्रिय सभामा प्रश्न: नयाँ आयाम कि मर्यादाको उल्लंघन ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
chandra-bd-kc.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले सरकारले स्थापित संसदीय परम्पराहरूलाई मिच्दै नयाँ र गलत नजिरहरू स्थापित गर्न खोजेको आरोप लगाएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारका पछिल्ला कदमहरू अन्तर्राष्ट्रिय संसदीय अभ्यासविपरीत रहेको दाबी गरे।

सांसद केसीले संसद् बोलाएर पनि त्यसलाई स्थगित गर्ने र चाङका चाङ अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रका लागि घातक हुने भन्दै यसको कडा प्रतिवाद गर्नुपर्नेमा जोड दिए। गृह मन्त्रालय अझै खाली रहेको र सरकारले संसद्लाई उपेक्षा गरेकोमा उनले आपत्ति जनाए। संसद्ले बनाएको प्रधानमन्त्री संसद्प्रति नै उत्तरदायी र जिम्मेवार हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि वर्तमान सरकारमा त्यो नदेखिएको उनको तर्क थियो।

यसै क्रममा उनले प्रधानमन्त्री वालेन्द्र साह बालेनको पहिरन (ड्रेसअप) को विषयलाई लिएर समेत प्रश्न उठाएका छन्। नेपालको इतिहासमा अहिलेसम्म नदेखिएको नयाँ खालको ड्रेसअप प्रधानमन्त्रीले प्रयोग गरिरहेको उल्लेख गर्दै उनले यसलाई नयाँ परम्परा वा नयाँ आयाम थप्न खोजिएको हो कि भनी जिज्ञासा राखे। सरकार पुरानो जग भत्काएर नयाँ नजिर बसाल्न उद्धत देखिएको भन्दै उनले प्रधानमन्त्रीलाई संसद्प्रति जवाफदेही बन्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ