arrow

छिटो अर्धशतक बनाउने कीर्तिमान : पटेलले गरे जैसवालकै बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
ubhel-patel.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमानले फेरि नयाँ मोड लिएको छ। आइतबार चेन्नई सुपर किंग्सका युवा ब्याटर उर्भिल पटेलले लखनउविरुद्धको खेलमा विष्फोटक ब्याटिङ गर्दै केवल १३ बलमै ५० रन पूरा गरेपछि यो विषय पुनः चर्चाको केन्द्रमा आएको हो। 

लखनउले प्रस्तुत गरेको २०४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा उर्भिलले २३ बलमा ६५ रनको सानदार इनिङ खेले जसमा उनले ८ छक्का र २ चौका प्रहार गरेका थिए। १३ बलमै अर्धशतक प्रहार गरेसँगै उनले आईपीएल इतिहासकै सबैभन्दा छिटो ५० रन बनाउने खेलाडीको सूचीमा आफ्नो नाम सुरक्षित गराएका छन्।

उर्भिलको यो प्रदर्शनसँगै उनले सन् २०२३ मा राजस्थान रोयल्सका ओपनर यशस्वी जैसवालले बनाएको कीर्तिमानलाई बराबरी गरेका छन्। जैसवालले कोलकाता नाइट राइडर्सविरुद्ध १३ बलमै अर्धशतक पूरा गर्दै ४७ बलमा अविजित ९८ रनको यादगार पारी खेलेका थिए। आईपीएलको इतिहासमा तीव्र गतिमा अर्धशतक बनाउने अन्य खेलाडीहरूमा केएल राहुल, प्याट कमिन्स र रोमारियो शेफर्ड रहेका छन्। 

सन् २०१८ मा केएल राहुलले दिल्ली क्यापिटल्सविरुद्ध तथा सन् २०२२ मा कोलकाताका लागि खेल्दै प्याट कमिन्सले मुम्बई इन्डियन्सविरुद्ध समान १४ बलमा अर्धशतक प्रहार गरेका थिए। त्यस्तै, गत सिजन रोयल च्यालेन्जर्स बैंग्लोरका तर्फबाट रोमारियो शेफर्डले चेन्नई सुपर किंग्सविरुद्ध १४ बलमै अर्धशतक बनाउँदै टोलीलाई बलियो योगफलसम्म पुर्‍याएका थिए। उर्भिलको पछिल्लो प्रदर्शनले आईपीएलमा युवा ब्याटरहरूको आक्रामक क्षमतालाई पुनः प्रमाणित गरिदिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ