दुई घण्टापछि सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
470
Shares
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ । अवरुद्ध भएको दुई घण्टापछि विमानस्थल सञ्चालनमा आएको हो ।
विमानस्थल बन्द हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू अस्तव्यस्त भएका थिए ।
अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो देखिएपछि विमानस्थल बन्द गरेर उद्धारको चलेको थियो । टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाजमा ल्यान्डिङ गर्ने क्रममा आगोको मुस्लो देखिएपछि विमानस्थल क्षेत्रमा तनाव उत्पन्न भएको थियो।
दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको हो । ट्याक्सी वेमै रहेको जहाजलाई तानेर पार्किङ वेमा लगिएपछि विमानस्थल सुरक्षित भएसँगै दुई घण्टाको अवरोधपछि सञ्चालनमा आएको हो ।
टर्किएको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाबाट जोगिएको छ।
विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार आज बिहान विमान अवतरण भइरहँदा टायरमा आगो देखिएको थियो।
दमकलको तत्काल सहयोगमा आगो निभाइएको र अवस्था सामान्य रहेको उनले जानकारी दिए। घटनालगत्तै प्राविधिक जाँच र सुरक्षा सतर्कताका लागि केही समयका लागि विमानस्थलको धावनमार्ग (रनवे) बन्द गरिएको थियो ।
विमानमा २७३ जना यात्रु र ११ जना चालक दलका सदस्य (क्रू मेम्बर) सवार थिए। आगो लागेको केही समयमै सबै यात्रु र चालक दलका सदस्यहरूलाई सकुशल बाहिर निकालिएको थियो ।