कोलकाताको तेस्रो जित, हैदराबादलाई पराजित गरेर उक्लियो आठौँ स्थानमा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
231
Shares
काठमाडौँ । कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै आईपीएल २०२६ मा आफ्नो लगातार तेस्रो जित दर्ता गरेको छ। हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली १९ ओभरमा १६५ रनमा समेटिएको थियो। जवाफमा कोलकाताले १६६ रनको लक्ष्य १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
यो जितपछि कोलकाता ९ खेलमा ३ जित निकाल्दै अंक तालिकाको आठौँ स्थानमा उक्लिएको छ। अर्कोतर्फ, हैदराबाद १० खेलमा १२ अंकसहित तेस्रो स्थानमा कायम छ।
१६६ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि युवा ब्याटर अंगकृष रघुवंशीले अर्धशतकीय पारी खेले। उनले ४७ बलमा ५९ रनको योगदान दिए। उनलाई कप्तान अजिंक्य रहाणेले बलियो साथ दिए, जसले ४३ रन जोडे। रघुवंशी र रहाणेबीच दोस्रो विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी भएको थियो। अन्त्यमा रिंकू सिंहले ११ बलमा अविजित २२ रन बनाउँदै टोलीलाई जितसम्म पुर्याए।
बलिङतर्फ हैदराबादका लागि प्याट कमिन्स, शिवाङ कुमार र साकिब हुसेनले समान १-१ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।