मुम्बईलाई हैदराबादले माथ खुवायो, २४३ रन पनि असुरक्षित
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
278
Shares
काठमाडौँ । भारतमा जारी आईपीएल क्रिकेटमा पहिलो पटक रनको वर्षा भइरहेको छ । गएरातिको रनको वर्षा भएको खेलमा मुम्बई इन्डियन्स ६ विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा २४३ रन बनाए पनि जित हासिल गरेन ।
रायन रिकेल्टनले ५५ बलमा १२३ रन बनाए । त्यस्तै विल ज्याक्सले ४६ तथा कप्तान हार्दिक पाण्डेयाले १५ बलमा ३१ रन बनाए ।
जवाफमा हैदराबादले वाङखेडेको मैदानमा ४ विकेटको क्षतिमा १८ ओभर ४ बलमै जित हासिल गर्यो ।
ट्राभिस हेडले ३० बलमा ७६, हेन्रिच क्लासेनले ३० बलमा अविजित रहँदै ६५, अभिषेक शर्माले २४ बलमा ४५ तथा सलिल अरोराले १० बलमा अविजित रहँदे ३० रन जोडे ।
यो जितसँगै हैदराबाद ९ खेलबाट १२ अंकसहित तेस्रो स्थानमा पुगेको छ भने पाँच पटकको च्याम्पियन मुम्बई प्लेअफ होडबाट बाहिरिने स्थितिमा पुगेको छ । मुम्बईको ८ खेलमा ४ अंकमात्र छ ।