काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाली सेनालाई सुकुमवासीको लगत नदिन पालिकाहरूलाई आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै सेना लगत माग्ने निकाय नभएको कारण पालिकाहरूलाई लगत नदिन आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘सेनाले मागेको सुकुमवासीको लगत कुनै पनि पालिकाले नदिनुहोला । सुकुमवासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी । यो सरासर गलत छ । आतंक सिर्जना गर्न खोजिएको हो ।’