काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औं महाधिवेशनबाट निर्वाचित आफ्नो खेमाका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकमा नेताहरू सहभागी भएका छन् ।
धुम्बाराहीस्थित स्मार्ट होटलमा जारी बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ । सर्वोच्च अदालतको फैसलापछि गगन थापा नेतृत्वमा कसरी समाहित भएर अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक छलफल भइरहेको बताइएको छ ।
यसअघि विशेष महाधिवेशन गरेको भन्दै तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई शेरबहादुर देउवा नेतृत्वको संस्थापनले पाँच वर्षका लागि कारबाही गरी निलम्बन गरेको थियो ।
अहिले भने सभापति थापाले सबैलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धतासहित १५ औँ महाधिवेशनमा होमिन सबै पक्षलाई आह्वान गरेका छन् ।