कोरियाबाट फर्किएका नेपालीलाई कोइकाको २५ लाख डलर सहयोग
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
783
Shares
काठमाडौँ । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारहरूको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ।
कोइकाले आज जारी गरेको विज्ञप्तिअनुसार कोरियाबाट स्वदेश फर्किएका नेपालीहरूको पुनःएकीकरणका लागि 'चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना' कार्यान्वयन गर्न उक्त रकम प्रदान गरिएको हो। यो परियोजनाले कोरियामा आर्जन गरेको सीप र अनुभवलाई नेपालको स्थानीय आर्थिक विकासमा उपयोग गर्ने लक्ष्य राखेको छ।
विशेष गरी कोरियाबाट फर्केका कामदारहरूलाई वित्तीय समस्या पर्न नदिन र उनीहरूलाई स्वदेशमै उद्यमशीलतामा आबद्ध गराउन यो सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। यस पहलले आप्रवासी कामदारहरूलाई आफ्नै देशमा पुनः स्थापित हुन र स्वरोजगारका अवसरहरू सिर्जना गर्न मद्दत पुर्याउनेछ।