arrow

सैन्य हेलिकप्टर दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
heli-crash-south-korea.jpg

काठमाडौँ । दक्षिण कोरियाको ग्योन्गी प्रान्तमा सोमबार सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

योन्हाप समाचार एजेन्सीका अनुसार यस दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई मुटुको चाल बन्द भएको अवस्थामा अस्पताल लगिएको छ ।

राजधानी सोललाई घेरेको यस प्रान्तको गप्योङ काउन्टीमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे उक्त हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परेका दुवै व्यक्तिलाई गम्भीर चोट लागेको छ ।

उडान प्रशिक्षणका लागि उडेको उक्त हेलिकप्टर दक्षिण कोरियाली सेनाको एएच-वानएस कोब्रा  मोडेलको थियो ।

समाचारअनुसार यो हेलिकप्टर सेवाबाट अवकाशको प्रक्रियामा रहेको थियो ।

दुर्घटनाका क्रममा कुनै पनि विस्फोट वा आगलागी भएको छैन ।

अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान शुरू गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ