arrow

कांग्रेस एकता , मेलमिलाप र समझदारीको नवीन प्रस्तावः गगन थापाको नेतृत्व सर्वस्वीकार्य

logo
किरण गिरी, 
प्रकाशित २०८२ चैत २८ शनिबार
kiran-giri-article-28-12.jpg.jpeg

वर्तमान प्रतिनिधि सभामा ३८ स्थानसहित  प्रमुख प्रतिपक्ष दल र राष्ट्रिय सभामा २४ स्थानसहित पहिलो दलको रूपमा स्थापित नेपाली कांग्रेसलाई १८/२० लाख मतदाताले समर्थन गरेका छ्न् । 

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व, नीति, कार्यक्रम, एजेन्डा र बदलिएको कांग्रेसले देश बदल्ने सोच र संकल्प बोकेका कारण कांग्रेसलाई चुनावमा सहभागी हुन सहज भएको थियो ।
 
देउवा-खड्का पक्षको असहयोगका कारणले पनि निर्वाचन परिणाम अपेक्षाकृत आउन सकेन । त्यो कांग्रेसले स्वीकार्नै पर्दछ । कांग्रेस ५ देखि ४९०० मतको अन्तरले २१ ठाउँमा उपविजेता बन्न पुगेको छ ।

यो २१ ठाउँमा पार्टी अन्तरघातका कारणले कांग्रेस हार्न पुगेको निष्कर्ष निकाल्न सकिन्छ । यो पृष्ठभूमिमा नेपाली कांग्रेसभित्र अब एकता, मेलमिलाप र समझदारी को कल्पना गर्न सकिँदैन । तापनि पार्टी एक ढिक्का बनाएर अगाडि लिएर जानु जरुरी देखिन्छ ।

सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई साथ, सहयोग र समर्थन गरेरमात्र कांग्रेसको भविष्य उज्ज्वल र सुनिश्चित देखिन्छ भन्नेमा आमकार्यकर्ताको बलियो बुझाइ र विश्लेषण रहेको छ । 

कांग्रेस अब विशेष महाधिवेशनको नेतृत्व र नीतिबाट पछाडि फर्कन सक्दैन र मिल्दैन । अब कांग्रेसको  जरा अभियानमा आम जनताको भावना के हो भन्ने गहिराईमा बुझेर विशेषगरी १८ देखि ३० वर्षसम्मका मतदातालाई आधार बनाउनु जरुरी छ ।  

यो उमेर समूहका मतदातालाई कसरी बुझाउने र सम्हाल्ने अब 'जरा अभियान'ले तल्लो तहसम्म कहाँ  के के कमीकमजोरी छ । आगामी दिनको योजना बनाएर अबको कांग्रेस अगाडि जानुपर्छ । अब युवाको हातमा कांग्रेस हुनुपर्छ । 

यही अभियान र १५ औँ महाधिवेशन तयारीमा नेपाली कांग्रेसले बैशाख १ गतेबाट ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । अहिले पार्टी एकता र समझदारीबाट अगाडि जानुपर्ने धारणा बलियो रूपमा आउन थालेको छ । 

अब  निम्न बुँदाहरूमा आन्तरिक एकता समझदारी गरेर जान सकिन्छ :
प्रस्ताव :- 
१.सर्वोच्च अदालतको मुद्दा फिर्ता लिने ।
२.सभापति गगनकुमार थापा र विशेष महाधिवेशनलाई स्वीकार तथा समर्थन गर्ने ।
३.विशेष महाधिवेशन नेतृत्वले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।
४.निवर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई सर्वोच्च नेता र वरिष्ठ नेता घोषणा गरेर केन्द्रीय कार्यसमिति निर्माण गर्ने ।
५. तत्कालको लागि- १५ महाधिवेशनसम्म केन्द्रीय कार्यसमिति ३४५ सदस्यीय बनाउने ।
६.१४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनको केन्द्रीय समितिमा समायोजन गर्ने ।
७.१५ औँ महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्ने ।
८.२०८३ मंसिर- २५, २६ , २७ र २८ गते काठमाडौँमा १५ औँ महाधिवेशन सम्पन्न गर्ने । (नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य गिरीलाई कांग्रेसको जरा अभियानअन्तर्गत केन्द्रबाट रामेछाप जिल्लामा खटाइएको छ)
सदस्य हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ