arrow

राजस्थान शीर्ष स्थानमा, मुम्बई २७ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
rajasthan-ipl-2022.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) खेलमा राजस्थान रोयल्सले जित हात पारेको छ । मंगलबार गुवाहाटीमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २७ रनको पराजित गरेको हो ।

राजस्थानको यो लगातार तेस्रो जित हो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १५० रन बनाएको थियो । 

राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार ब्याटिङ गरेका थिए ।

जैसवालले ३२ बलमा ७७ रन बनायो । अर्का ओपनर सूर्यवंशीले मात्र १४ बलको सामना गर्दा पाँच छक्कासहित ३९ रन बनाए ।

१५१ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाएको थियो ।  

तेस्रो जितसँगै राजस्थान रोयल्स ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ