arrow

लीलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
lilakumari-bhandari-vp-rastriyasabha (2).jpg

काठमाडौँ । नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । त्यस अवसरमा उनले नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरे । 

एमाले सांसद भण्डारी, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी नेकपा लगायतका सबै दलहरुको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् । 

उनले संविधान सभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छिन् । 

lilakumari-bhandari-vp-rastriyasabha (2).jpg
lilakumari-bhandari-vp-rastriyasabha (3).jpg
lilakumari-bhandari-vp-rastriyasabha (4).jpg
lilakumari-bhandari-vp-rastriyasabha (5).jpg
lilakumari-bhandari-vp-rastriyasabha (6).jpg
lilakumari-bhandari-vp-rastriyasabha (7).jpg
lilakumari-bhandari-vp-rastriyasabha (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ