arrow

पन्तको कप्तानी इनिङ्समा लखनउले हरायो हैदराबादलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
rhishav-pant-26-4-5.jpg
तस्बिर : ऋषभ पन्त, एपी ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा लखनउ सुपर जाइन्टस् विजयी भएको छ । लखनउले सनराइजर्स हैदराबादलाई ५ विकेटले हरायो । 

आइतबार बेलुकी सम्पन्न खेलमा हैदराबादले हरेलु मैदानमा पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १५६ रन बनायो । हेन्रिच क्लासेनले ४१ बलमा ६२ तथा नितिशकुमार रेड्डीले ३३ बलमा ५६ रन जोडे । दुवैले पाँचौँ विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । 

लखनउका मोहम्मद शमीले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । जवाफमा लखनउले १ बल खेल्न बाँकी छँदै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । 

कप्तान ऋषभ पन्तले ५० बलमा अविजित रहँदै ६८ रन जोडे । उनले अन्तिम ओभरमा तीन चौका प्रहार गरी टिमलाई जिताए । 

उनले दुई क्याच एक हातलेसमेत लिएका थिए । यो जितसँगै लखनउले अंकको खाता खोलेको छ । लखनउको २ खेलमा २ अंक भएको छ । 

अहिलेसम्म दुई खेल खेलेका गुजरात टाइटान्स, कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सले अंकको खाता खोलेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ