काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छिन् । रिक्त उपाध्यक्ष पदमा आइतबार भण्डारीले उम्मेदवारी दिएकी हुन् ।
राष्ट्रिय सभामा दलहरूबीच उपाध्यक्ष एमालेलाई दिने र संसदीय सभापति पद अरू दलले बाँड्ने सहमति भएको थियो । सो अनुसार लीलाले उम्मेदवारी दिएकी हुन् ।
संसद सचिवालयले उम्मेदवारी मनोनयनका लागि आइतबार दिउँसो साढे २ बजेदेखि एक घण्टाको समय समय तोकेको थियो ।
अध्यक्षमा तत्कालीन माओवादी केन्द्रबाट नारायणप्रसाद दाहाल रहेका छन् ।
राष्ट्रिय सभामा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल रास्वपाका सांसद छैनन् ।