arrow

क्लासेन र रेड्डीको साझेदारीमा हैदराबादको सिजनकै पहिलो जित, घरेलु मैदानमै कोलकाता पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
srh-kkr.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ सिजनमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई उसैको घरेलु मैदान ईडन गार्डन्समा ६५ रनको फराकिलो अन्तरले पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको छ। 

सन् २०२४ को च्याम्पियन कोलकाताका लागि यो लगातार दोस्रो हार हो, जसलाई यसअघि मुम्बई इन्डियन्सले हराएको थियो भने हैदराबादले पहिलो खेलमा बेंगलुरुसँगको हारपछि उत्कृष्ट पुनरागमन गरेको छ। 

ईडन गार्डन्समा टस जितेर कोलकाताले पहिले बलिङ गर्ने निर्णय गरे पनि हैदराबादका ब्याटरहरूले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २२६ रनको विशाल योगफल तयार पारे। 

जवाफमा कोलकाताको टोली १६ ओभरमा मात्र १६१ रनमा समेटिएपछि हैदराबादले खेल आफ्नो पक्षमा पारेको हो।

हैदराबादको जितमा हेनरिक क्लासेनको विस्फोटक ब्याटिङ मुख्य आधार बन्यो जहाँ उनले ४ विकेट झरिसकेको कठिन अवस्थामा नीतीश रेड्डीसँग ८२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीको स्कोर २०० पार पुर्‍याए। 

ब्याटिङमा ३९ रनको योगदान दिनुका साथै बलिङमा २ विकेट लिएका नीतीश रेड्डी 'प्लेयर अफ द म्याच' चुनिए। 

हैदराबादका लागि बलिङतर्फ ब्लेसिङ मुजरबानीले सर्वाधिक ४ विकेट लिएर कोलकाताको ब्याटिङ लाइनअपलाई ध्वस्त पारे भने जयदेव उनादकटले ३ विकेट तथा ईशान मलिङ्गा र वैभव अरोडाले समान २–२ विकेट चट्काए। 

कोलकाताका लागि अङ्ककृष रघुवंशीले अर्धशतक प्रहार गरे पनि अन्य ब्याटर चल्न नसक्दा टोली दबाबमा परेको छ भने हैदराबादले यो जितसँगै प्रतियोगितामा आफ्नो लय समातेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ