arrow

परिकल्पनाः भ्रष्टाचारमुक्त देश,  सुशासनयुक्त सरकार

कांग्रेसको माग: ०४६ यताका सबै सार्वजनिक पदधारीको सम्पत्ति छानबिन गरियोस्, भ्रष्टाचारका मुद्दा तत्काल टुङ्ग्याइयोस् [भिडियो]

अख्तियार र अदालतमा रहेका भ्रष्टाचारका मुद्दाहरुलाई जनमत प्रभावित गर्ने तथा दलगत बहसको विषय बनाइनुहुन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
devraj-12-12-.jpg

काठमाडौँ । नेपाली कांग्रेसले भ्रष्टाचार र सुशासनका सवालमा आक्रामक कदम चाल्न सरकारलाई आग्रह गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले २०४६ सालदेखि २०८२ सालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे।

कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायपालिकामा विचाराधीन रहेका सबै भ्रष्टाचारका मुद्दाहरूलाई कुनै पनि राजनीतिक प्रभावबिना तत्काल टुङ्ग्याउनुपर्नेमा जोड दिएको छ। प्रवक्ता चालिसेले भ्रष्टाचारका मुद्दाहरूलाई जनमत प्रभावित गर्ने वा दलगत राजनीतिक दाउपेचको विषय बनाउन नहुने स्पष्ट पारे।

नयाँ सरकार गठनको तयारीमा रहेको र ठूलो जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कांग्रेसले सम्पत्ति छानबिनका लागि विशेष समिति गठन गर्न र आवश्यक कानुन निर्माण गर्न आग्रह गरेको छ। "२०४६ देखि यता सार्वजनिक सेवामा बसेका सबैको छानबिन गर्न सरकारले समिति बनाओस् र कानुन ल्याओस्, यसमा नेपाली कांग्रेस पूर्ण सहयोग गर्न तयार छ," चालिसेले भने।

राजनीतिलाई शुद्धीकरण नगरी मुलुकमा वास्तविक सुशासन कायम हुन नसक्ने कांग्रेसको ठहर छ। प्रवक्ता चालिसेले सुशासनका सन्दर्भमा सरकारले चाल्ने सकारात्मक कदममा सहकार्य गर्न आफ्नो पार्टी सदैव तयार रहेको समेत जानकारी दिए। भ्रष्टाचार मुक्त समाज निर्माणका लागि यो एक ऐतिहासिक अवसर भएकोले सरकार पछि हट्न नहुने उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ