ट्रेड युनियन खारेज संवैधानिक अधिकारको उल्लंघन : कांग्रेस नेता स्वाँर - [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
879
Shares
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले ट्रेड युनियन खारेज गर्ने विषयप्रति आपत्ति जनाउँदै सुधारको बाटो रोज्न आग्रह गरेका छन्।
बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा स्वाँरले ट्रेड युनियन खारेज गर्ने प्रयास संवैधानिक अधिकारसँग जोडिएको महत्वपूर्ण मुद्दा भएको स्पष्ट पारे।
उनले भने, “ट्रेड युनियनमा रहेका विकृतिहरू सुधार गर्न सकिन्छ, त्यसमा कुनै समस्या छैन। तर ट्रेड युनियन नै खारेज गर्ने भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो। नेपाली कांग्रेसको जन्मदाता नै ट्रेड युनियन हो, त्यसैले यसलाई नास्ने खालको अभिव्यक्ति कांग्रेसका सदस्यले दिनु हुँदैन।”
स्वाँरले पार्टीभित्र ट्रेड युनियनसम्बन्धी स्पष्ट दृष्टिकोण चाँडै ल्याउनुपर्नेमा जोड दिनुका साथै यसको संरक्षणका लागि सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले थपे, “हाम्रो जग नै ट्रेड युनियन हो। यदि त्यो कमजोर भयो भने पार्टीको आधार नै कमजोर हुन्छ। त्यसैले ट्रेड युनियनसँग बसेर छिटो छलफल गर्नुपर्छ।”