arrow

कांग्रेस बैठकमा ११ प्रस्ताव, बुधबार पुनः छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
congress-meeting-82-12-10ppp.jpeg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकम ११ ओटा प्रस्ताव पेश भएका छन् । सभापति गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपीनगर ललितपुरमा मंगलबार बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले ११ ओटा प्रस्ताव छलफलका लागि राखेको पार्टीले विज्ञप्ति जारी गरी जनाएको छ । 

सभापति थापाले आफ्नो मन्तव्य राख्दै बैठकको प्रारम्भ गरेका थिए । उनले चुनावी नतिजादेखि पार्टीको भावी योजना, १५ औँ महाधिवेशनको खाका लगायत पेश गरे ।

महामन्त्री पौडेलले देहायका प्रस्तावहरु बैठकमा छलफलका लागि प्रस्तुत गरेका हुन् । 

प्रस्तावहरू
१. समसामयिक ।
२. सुशासन स्थापना गर्न हाम्रो साथ, सक्रियता र सुझाव ।
३. संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञ सहितको समिति गठन ।
४. १५ औं महाधिवेशनको कार्यतालिका ।
५. केन्द्रीय निर्वाचन समिति गठन ।
६. प्रतिनिधि सभा सदस्यहरुलाई अभिमुखीकरण ।
७. क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान ।
८. प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता ।
९. भ्रातृ संघ, शुभेच्छुक संस्था र जनसम्पर्क समिति सम्बन्धमा ।
१०. केन्द्रीय लेखा समिति गठन ।
११. विविध ।

मंगलबारको बैठकमा २८ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरू डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर वानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमला, दिपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई, शिवबहादुर सुनार, सूर्यबहादुर वि.क., दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय, रामपल्टन साह, प्रदेश सभापतिहरू— कृष्णप्रसाद यादव (मधेश) र ईन्द्रबहादुर वानियाँ (बागमती) ले आ–आफ्नो धारणा व्यक्त गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ