arrow

गिरिजाबाबुको १६औँ स्मृति दिवस मनाउँदै कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ७ शनिबार
girijaprasad-koirala-story-FNL.jpg.jpeg

काठमाडौँ। आज पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी पार्टीले मनाउँदैछ ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १६औँ स्मृति दिवस मनाउँदै छन् ।

कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो । उनले नेपालमा १० वर्षसम्म चलेको जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै मुलुकलाई संघीय गणतन्त्र नेपाल स्थापना गर्ने ढोका खोलेका थिए ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाले गरेका थिए ।

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए ।

फलस्वरूपः २०६३ बैशाख ११ गते ज्ञानेन्द्रले जनताको नासो जनताको हातमा सुम्पेको छु भनेर लोकतन्त्र फिर्ता गरेका थिए । 

गिरिजाबाबु प्रधानमन्त्री बनेपछि माओवादीसँग शान्ति सम्झौता भयो ।२०६४ चैत २८ मा संविधान सभाको निर्वाचन भयो र २०६५ जेठ १५ गते बसेको संसद बैठकले राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको घोषणा गर्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ