arrow

कांग्रेसले थापाकै नेतृत्व खोज्यो

गगन थापाको नैतिकताको उच्च सम्मान तर राजीनामा अस्वीकृत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
devraj-ss.jpg

काठमाडौँ । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेका छन्। सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेपछि सदस्यहरूले यस्तो धारणा राखेका हुन्।

बैठकमा बोल्ने बहुमत सदस्यहरूले थापाले नैतिकताको आधारमा दिएको राजीनामाको उच्च सम्मान गर्दै त्यसलाई अस्वीकृत गर्नुपर्ने बताएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। प्रवक्ता चालिसेका अनुसार अधिकांश सदस्यहरूले देशको पछिल्लो राजनीतिक परिस्थिति र पार्टी पुननिर्माणका लागि थापाकै नेतृत्व अपरिहार्य रहेको जिकिर गरेका छन्।

बैठकको निर्णय र छलफलको सारबारे जानकारी दिँदै प्रवक्ता चालिसेले भने, “देशको परिस्थिति र पार्टीलाई नवजीवन दिनुपर्ने, पुननिर्माण र आधुनिकीकरण गरेर जनताले अपेक्षा गरे अनुसारको कांग्रेस बनाउने दायित्व यो समितिको काँधमा छ। १५ औँ महाधिवेशन समेत यही समितिले सम्पन्न गर्नुपर्ने भएकाले सभापतिको राजीनामालाई उच्च मूल्याङ्कन गर्दै अस्वीकार गर्ने प्रस्तावमा व्यापक छलफल भइरहेको छ।”

उनले थप स्पष्ट पार्दै भने, “अहिलेसम्म जति पनि साथीहरूले बोल्नुभयो, उहाँहरूले यो समय राजीनामा दिने नभई परिस्थिति सम्हाल्ने र पार्टीलाई पुनः जिम्मेवारीका साथ अघि बढाउने बेला भएको धारणा राख्नुभएको छ।”

सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका थिए। जारी बैठकले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्राप्त जनमतलाई स्वीकार्ने निर्णय समेत गरेको प्रवक्ता चालिसेले बताए ।

यता कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजलाई सकिएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिएका छन्। उनले आइतबार बिहान ८ बजे फेरि बैठक बस्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ