कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू, सभापति थापा अनुपस्थित, राजीनामाका विषयमा छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
3.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय बीपीनगर सानेपामा बसिरहेको छ । बैठकमा सभापति गगनकुमार थापाको राजनीमा र राजीनामा अस्वीकृत गर्ने विषयमा छलफल भइरहेको एक केन्द्रीय सदस्यले बताए ।
बैठकमा सभापति थापा भने उपस्थित छैनन् । पार्टीले प्रतिनिधि सभाको बैठकपछि पहिलो पटक केन्द्रीय समिति बैठक डाकेको हो ।
बैठकमा चुनावी समीक्षा र आगामी कार्यादेशबारे छलफल गर्नुपर्ने भए पनि सभापति थापाले पार्टीले चुनावमा अपेक्षाकृत परिणाम ल्याउन नसकेको भन्दै राजीनामा दिएसँगै त्यस विषयमा पार्टीले निर्णय गर्न लागेको हो ।