काठमाडौँ । भूकम्पले दार्चुलालाई हल्लाएको छ । मंगलबार बिहान दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहान १० बजेर १२ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।