arrow

लोकतान्त्रिक आन्दोलनका सारथी यादवको निधन, कांग्रेसले गर्‍यो श्रद्धाञ्जली अर्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
nepali-congress-flag.jpg

काठमाडौँ । नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा रामेश्वरराय यादवको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सोमबार एक शोक विज्ञप्ति जारी गर्दै यादवको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए।

स्वर्गीय यादव रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवका पिता हुन्। उनको गएराति निधन भएको थियो। कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा यादवले निर्वाह गरेको सक्रिय भूमिकाको स्मरण गर्दै कांग्रेसले उनलाई एक निष्ठावान् अग्रज व्यक्तित्वका रूपमा चित्रण गरेको बताए।

विज्ञप्तिमार्फत कांग्रेसले यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। उनको निधनबाट पार्टीले एक अनुभवी र समर्पित नेता गुमाएको कांग्रेसले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ