arrow

लेबनानमा स्वास्थ्यकर्मीमाथि इजरायली आक्रमण: २६ जनाको मृत्यु, ५१ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
iran-israel-lebanon-war-26-3-3.jpg

काठमाडौँ । इजरायल र हेजबुल्लाहबीच जारी द्वन्द्वका क्रममा लेबनानमा स्वास्थ्यकर्मीहरूमाथि भएका आक्रमणको भयावह तथ्याङ्क सार्वजनिक भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार द्वन्द्व सुरु भएयता इजरायली आक्रमणमा परी हालसम्म २६ जना प्यारामेडिक्स (स्वास्थ्यकर्मी) को मृत्यु भइसकेको छ भने अन्य ५१ जना घाइते भएका छन्।

पछिल्लो समय दक्षिणी सहर बुर्ज कलवियास्थित एक स्वास्थ्य केन्द्रमा भएको आक्रमणमा मात्रै १२ जना चिकित्सक र नर्सहरूले ज्यान गुमाएको लेबनानी अधिकारीहरूले बताएका छन्। त्यस्तै, सावानेह सहरमा भएको अर्को हवाई आक्रमणमा हेजबुल्लाहसँग आबद्ध दुई स्वास्थ्यकर्मी र एक सहयोगीको मृत्यु भएको छ।

आक्रमणका सन्दर्भमा इजरायली सेनाले हेजबुल्लाहले आफ्ना सैन्य गतिविधि र लडाकु ओसारपसारका लागि एम्बुलेन्स प्रयोग गरिरहेको आरोप लगाएको छ। यता लेबनानी स्वास्थ्य मन्त्रालयले भने इजरायली सेनाले जानाजानी र बारम्बार एम्बुलेन्स कर्मचारी तथा स्वास्थ्य केन्द्रहरूलाई निशाना बनाइरहेको भन्दै कडा आपत्ति जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ