arrow

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज विवादमा आइतबार सुनुवाइ हुने

न्यायाधीश सुवेदीले 'हेर्न नमिल्ने' भएपछि सुनुवाइ सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
kishori-sah-kamal-82-11-19.jpg

काठमाडौँ ।  सर्वोच्च अदालतमा धनुषा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको उम्मेदवारी सम्बन्धी मुद्दाको सुनुवाइ आगामी आइतबारका लागि सारिएको छ। 

न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आजका लागि तय भएको सुनुवाइ न्यायाधीश सुवेदीले 'हेर्न नमिल्ने' भएपछि स्थगित भएको हो।

न्यायाधीश सुवेदीले बिहीबार मात्रै साहकै अर्को एउटा मुद्दामा आदेश जारी गरेकाले कानुनी प्रक्रिया अनुसार यो मुद्दा हेर्न नमिल्ने भएको हो। 

निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको भन्दै फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

आयोगको उक्त निर्णयलाई चुनौती दिँदै साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। यसअघि अदालतले साहलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। 

आइतबार हुने सुनुवाइले उनको उम्मेदवारीको वैधानिकता र निर्वाचन प्रक्रियामा उनको सहभागिताबारे अन्तिम टुङ्गो लगाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ