arrow

रविन्द्र मिश्रले गरे करिब २४ लाख चुनावी खर्च

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
rabindra-mishra-82-11-23.jpg

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले प्रतिनिधि सभा निर्वाचनमा भएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। उनले जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा निर्वाचन आयोगले तोकेको सीमाभित्रै रहेर कुल २३ लाख ९७ हजार ४०२ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन्।

उनले सार्वजनिक गरेको विवरण अनुसार निर्वाचनका क्रममा विभिन्न व्यवस्थापकीय कार्यमा सबैभन्दा बढी अर्थात् ८ लाख ५० हजार रुपैयाँ खर्च भएको छ।

यसैगरी, चुनावी प्रचारप्रसारका लागि ५ लाख ५० हजार रुपैयाँ र मतदाताको घरदैलोमा पुग्ने कार्यक्रमका लागि १ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिएका छन्। अन्य विविध शीर्षकहरू सहित उनले झण्डै २४ लाख रुपैयाँको हाराहारीमा चुनावी खर्च भएको हिसाब निर्वाचन कार्यालयमा पेश गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ