काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नं १ का उम्मेद्वार रवीन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।
मिश्रले बुधबार बबरमहल, थापाथली क्षेत्रमा घरदैलो छन् । कार्यक्रममा उनले मतदाताहरूलाई सहि मान्छे छानेर ठाउँमा पुर्याउन सक्नुपर्ने बताए ।
उनले नेपाली राजनीति भूमरोमा जान नदिन आफूलाई जिताउन मतदातासँग आग्रह गरे । उनले भने, ‘यो ठाउँमा सहि मान्छे पुर्याउन सक्नुपर्छ । नेपाली राजनीति भूमरोमा नजाओस्।’
मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेद्वारहरूले देशभर प्रचार-प्रसारलाई तीव्र बनाएका छन् । राप्रपासहित विभिन्न दलका उम्मेद्वारहरूले यही महिनाको ४ गतेदेखि घरदैलो कार्यक्रम शुरू गरेका हुन् ।
घरदैलो अभियानमार्फत उम्मेद्वारहरू मतदाताको घरघरमा पुगेर समर्थन माग्ने, विकास योजनाबारे जानकारी दिने र स्थानीय आवश्यकता बुझ्ने कार्यमा सक्रिय देखिएका छन् ।