कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई संसदीय प्रक्रिया सिकाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
690
Shares
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्ना राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभाको भुमिका र आगामी दिनमा गर्नुपर्ने सामूहिक प्रयासबारे छलफल गर्ने बताइएको छ ।
बहालवाला सदस्यहरूले आफ्ना अनुभव साटासाट गर्ने र नवनिर्वाचित सदस्यहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सहयोग गर्न कार्यक्रम आयोजना गरिएको हो ।