arrow

गगनले दिए अमरेशलाई बधाई, सर्लाहीका समस्या समाधानमा लागिरहने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
gagan-amresh.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित रास्वपा नेता डा. अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन् । 

सिंहसँग पराजित भएका थापाले आफूलाई मलाई माया, विश्वास र मत दिने त्यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति कृतज्ञतासमेत व्यक्त गरेका छन् । 

सभापति थापाले सर्लाही ४ मा देखेका समस्याहरूको सम्बोधन गर्न आफ्नो पहल र क्षमता भित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सामाजिक सञ्जालमार्फत थापाले यसो लेखेका छन्ः 

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ! मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।

सर्लाही ४ मा अमरेशकुमार सिंह निर्वाचित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ