arrow

निर्वाचन परिणाम २०८२

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला

`बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै `ब्यालेट´बाट आउँदै गरेको रास्वपालाई स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
bishwaprakash-10-15.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् । 

उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोहर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका हुन् । 

उपसभापति शर्माले रास्वपाको यो परिणाम अप्रत्याशित नभएको बताएका छन् । उनले ०७९ को चुनावमै रास्वापले उक्त संकेत देखाइसकेको भन्दै अहिले आएको यो परिणाम अप्रत्याशित नभएको बताए । 

रास्वपा ०७९ को असारमा गठन भएर मंसिरमा चुनाव लड्दा राष्ट्रिय दलको मान्यतासहित चौथो ठूलो दल बनेको थियो । 

यसपालिको प्रारम्भिक मतगणना अनुसार रास्वपाको दुई तिहाई मत आउने लगभग पक्का देखिएको छ । 

०७९ को निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो ।

यसो लेखेका छन् उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समाः

मतदाताको फैसला स्वीकार्य छ !

`बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै `ब्यालेट´बाट आउँदै गरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृस्टिले यो अप्रत्याशित होइन  । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ । जय नेपाल ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ