arrow

युवालाई रोजगारी र किसानको मुहारमा मुस्कान गौतमको संकल्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
sanjay-gautam-bardiya.jpg

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट बर्दिया क्षेत्र नं १ का उम्मेद्वार सञ्जय कुमार गौतमले आफ्ना प्राथमिकता तथा एजेण्डालाई समेटेर संकल्पपत्र सार्वजनिक गरेका छन् ।

गौतमले भष्ट्राचार र कुशासनको अन्त्य गर्दै समुन्नत राष्ट्र निर्माणको अभियान नेपाली कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएको भन्दै राष्ट्रिय राजनीतिको मुल प्रवाहबाट पछाडि परेको र विकासका अवसरबाट वञ्चित भएको बर्दिया जिल्लालाई समृद्धिको बाटोमा अगाडि बढाउन र विकसित बनाउन मैले निरन्तर प्रयत्न गर्दै आएको र आफूले शुरू गरेका महत्वपूर्ण काम तथा आयोजनाहरु केही पूरा भएका र केही अधुरा, बाँकी कामहरु सम्पन्न गरी बर्दियाको स्वरुप परिवर्तन गर्ने दायित्वसहित चुनावी मैदानमा होमिएको बताएका छन् ।

मुलुकमा भ्रष्टाचारको अन्त्य तथा सुशासन कायम संवैधानिक अंगलाई थप अधिकार सम्पन्न र जिम्मेवार बनाउन संसदमार्फत ठोस पहल गर्ने, महिला, युवा तथा तरुणमा देशभित्रै आफ्नो भविष्य निर्माणका लागि जिल्लामा रहेको जल, जमीन र कृषिको समुचित प्रयोग गर्दै कृषिमा आधारित उद्योगहरू खोली महिला तथा युवाहरूलाई क्षमता अनुसारको रोजगारीका अवसर सिर्जना गर्ने आफ्ना प्राथमिकतामा राखेका छन् ।

यसैगरी ‘हाम्रो बर्दिया राम्रो बर्दिया’ अभियानप्रति प्रतिबद्व रहँदै विकास र निकासलाई मूर्त रुप दिन ताराताललाई रारातालसँग जोड्न, भुरीगाँउ-तेलपानी सडक निर्माणको योजना अगाडि बढाउने, ‘बर्दिया जिल्ला, अन्तर्राष्ट्रिय नाकाको जिल्ला’ अभियान सफल पार्न उद्योग, व्यापार, व्यवसाय, धार्मिक एवं प्राकृतिक पर्यटनलाई व्यवस्थित तथा समुन्नत बनाउन (गुलरिया) सदरमुकामबाट छिमेकी मुलुक भारततर्फको व्यापार नाका संचालनमा ल्याउन आफूले शुरू गरेको प्रयासलाई पुर्णता दिने पनि आफ्नो संकल्पपत्रमा राखेका छन् ।

‘बर्दियाका किसानहरुको मुहारमा मुस्कान, हाम्रो मुख्य अभियान’ भन्ने मुल मर्मलाई आत्मसात गर्दै किसानहरूको खेतसम्म सिंचाई, उन्नत वीउविजन र मलको व्यवस्था गर्दै कृषि उपजको भण्डारण तथा बजारीकरण गर्नका लागि शीतभण्डार तथा कृषि प्रशोधन केन्द्रको स्थापना गर्ने पनि उनको लक्ष्य रहेको छ ।

बबई सिंचाइ आयोजनाको पूर्वी नहरवाट पहुँच पुग्न नसकेको पूर्व–पश्चिम राजमार्गको उत्तरी भाग (बाँसगढी नपा) कृषि योग्य जमिन सिंचाइका लागि सिंचाइ आयोजना सञ्चालनमा ल्याउने सिँचाई, सडक, पुल, तटबन्धन, संघन शहरी विकास कार्यक्रम अन्तर्गतका बाँकी (नपा÷गापा)अधुरा काम पुरा गर्नका लागि आफू पुनः एकपटक बर्दियाबाट उम्मेद्वार बनेको गौतमको भनाइ छ ।

बर्दिया जिल्ला अस्पताललाई आइसीयू सुविधायुक्त अस्पतालको रुपमा स्तररोत्रति गरी विशेषज्ञ जनशक्तिसहितको सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्नुका साथै जिल्ला अस्पतालमा सिकलसेल एनीमिया रोगको उपचारको लागि छुट्टै व्लक स्थापना गर्ने पनि उनको योजना रहेको छ।

मानव वन्यजन्तु बीचको द्वन्द्वलाई न्यूनीकरण गर्न वनजंगलको क्षेत्रफलको अनुपातमा वन्यजन्तुको संख्या यकिन गरि व्यस्थित रुपले संरक्षण गर्ने, बनक्षेत्रको अनुपात भन्दा बढी रहेका जंगली जनावरहरुलाई उपयुक्त स्थानको पहिचान गरी स्थान्तरण गर्नुका साथै वनजंगल मार्फत पर्यटन, आयआर्जन र रोजगारीको अवसर सिर्जना गर्ने नीति एवं कानुन निर्माणमा अग्रणी भूमिका खेल्ने पनि गौतमको संकल्पपत्रमा उल्लेख छ ।

बर्दिया जिल्ला पर्यटकीय जिल्ला अभियानलाई पुर्णता दिन बर्दियामा रहेको राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र, बढैयाताल, सतखलुवा ताल लगाएतका प्राकृतिक तथा धार्मिक सम्पदालाई ब्यस्थित गर्दै राष्ट्रिय अन्तराष्ट्रिय रुपमा बजारीकरण गरि पर्यटकको मुख्य गन्तब्य स्थल बनाई ब्यापार ब्यवसायका साथसाथै रोजगारीको अवसरसमेत सिर्जना गर्नुका साथै थारु लगाएत विविध समुदायको महान पर्वलाई बर्दियाको विशिष्ट पर्यटकीय उत्सवको रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उनको भनाइ छ ।

यस्तै सीमान्तकृत, लोपोन्मुख समुदायको विविध कला एवं संस्कृतिको संरक्षण र सम्बर्द्धनमा उनको जोड छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ