arrow

यूएई आक्रमणमा नेपाली श्रमिकको मृत्यु: कांग्रेस सभापति थापाबाट श्रद्धाञ्जली, सरकारलाई कूटनीतिक भूमिका खेल्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
gagan-thapa-82-11-13.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली काग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत दिवङ्गत उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

जारी विज्ञप्तिमा थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् ।

द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता र समन्वय अपरिहार्य रहेको उनले उल्लेख गरेका छन् ।

त्यस्तै काग्रेस सभापति थापाले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका छन् । 

विदेशमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न उनले सरकारसँग माग गरेका छन् । यसका साथै जनसम्पर्क समितिका साथीहरू, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपालीहरूको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ ।

उक्त घटनाले यूएईस्थित नेपाली समुदायमा चिन्ता थपिएको छ भने सरोकारवालाहरूले नेपाली नागरिकको सुरक्षाका विषयमा चासो बढाएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ