arrow

देश चलाउन 'हिरो' होइन, सक्षम टिम चाहिन्छ : विश्वप्रकाश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
bishwaprakash-10-15.jpg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एउटा नायक (हिरो) को भरमा फिल्म चले पनि देश नचल्ने टिप्पणी गरेका छन्। वर्तमान संकट समाधानका लागि कांग्रेसले मात्रै सक्ने दाबी गर्दै उनले सक्षम र विज्ञहरूको 'उत्कृष्ट टिम' सहित कांग्रेसले सरकारको नेतृत्व गर्ने जिकिर गरे।

बिहीबार नवलपरासीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले भने, “प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो होइन, देश विकासका लागि सिंगो टिम आवश्यक पर्छ। एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन।”

उनले देश निर्माणका लागि सशक्त र सक्षम टिम चाहिने र त्यो टिम कांग्रेसले बनाएर अघि बढ्ने स्पष्ट पारे। शर्माले थपे, “गगन थापा प्रधानमन्त्री बन्दैमा देश बन्छ भनेर हामी भन्दैनौँ। उनको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर शेरबहादुर देउवालगायत सबै शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टिमले सरकारको नेतृत्व गर्छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ