निर्वाचनको निष्पक्षतामा दायाँबायाँ गर्ने छुट सरकारलाई छैन: प्रवक्ता चालिसे
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
2.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ। आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले यस्तो माग गरेका हुन्।
प्रवक्ता चालिसेले निर्वाचनमा स्वतन्त्र रूपमा मतदान गर्न पाउनु जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै सरकारलाई आफ्नो कर्तव्यप्रति सचेत रहन आग्रह गरे। "शासनको वैधताको मुख्य स्रोत नै जनताको मताधिकार हो, यसमा दायाँबायाँ गर्ने छुट सरकारलाई छैन," उनले भने, "हामीले अहिलेसम्म सरकारप्रति शङ्का त गरिसकेका छैनौँ, तर निष्पक्षताको वातावरण निर्माण गर्नु सरकारको दायित्व हो भन्ने कुरामा ऊ सचेत हुन जरुरी छ।"
यसैगरी, प्रवक्ता चालिसेले निर्वाचनको मुखमा पार्टीप्रति जनलहर बढेको दाबी गर्दै नेकपा (एमाले/माओवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विभिन्न दल परित्याग गरी ठुलो सङ्ख्यामा नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरिरहेको जानकारी समेत दिए।