arrow

जिम्मेवार र अनुभवी राजनीतिक दलले देशको नेतृत्व गर्नुपर्छ : विश्वप्रकाश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
bishwo-prakash-sharma-sunsari.jpg

सुनसरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता, नयाँ पुस्तामा बढ्दो असन्तुष्टि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न परिपक्व नेतृत्व आवश्यक रहेको बताएका छन् ।

आज धरानमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का उम्मेद्वार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उनले वर्तमान परिस्थितिमा जिम्मेवार र अनुभवी राजनीतिक दलले देशको नेतृत्व गर्नुपर्ने धारणा राखे ।

उपसभापति शर्माले ‘जेनजी’ आन्दोलनलाई नयाँ पुस्ताको चेतना, अपेक्षा र असन्तुष्टिको संकेतका रूपमा उल्लेख गर्दै त्यसको सूक्ष्म अध्ययन आवश्यक रहेको बताए ।

समस्याको मूल कारण पहिचान गरी समयमै समाधान गर्न नसके भविष्यमा अझ अर्को विद्रोह हुन सक्ने उनको भनाइ थियो ।

उनले भने, “यस्तो बेला अनुभवहीनको हातमा नेतृत्व सुम्पिनु भन्दा परिपक्व राजनीतिक शक्तिले जिम्मेवारी लिनु जरुरी छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ