arrow

वार्षिक १० लाख आम्दानीसम्म कर छुट दिने कांग्रेसको प्रतिज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
gagan-dai-gadan-dai-82-11-7.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । 

उनले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा प्रतिज्ञा गरे । अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उनले प्रतिज्ञा गरे । 

करका सबै प्रकारका दरहरूलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको उनले सुनाए । उनले भने, ‘नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउँदैन । यसको लागि हामीले नीतिमै सुधार गर्न आवश्यक छ । हामी १० लाखसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने प्रतिज्ञा गर्छौँ ।’ 

उनले संविधान कार्यान्वयनका लागि हामी प्रतिबद्ध रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ