काठमाडौँ । नेपाली कांग्रेसका नेता महेश आचार्यले आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको बताएका छन् ।
बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा उनले देश संकटको भुमरीमा फस्दै गइरहेको र सरकारसँग पैसा हुदाँ पनि खर्च गर्न सकिने सामर्थ्य नहुँदा सरकार झनझन कमजोर हुँदै गइरहेको धारणा राखे ।
उनले भने, ‘आथिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको छ । सरकार सँग पैसा छ । तर त्यसलाई खर्च गर्न सकिने सामर्थ्य नहुँदा सरकार झन–झन कमजोर हुँदै गइरहेको छ ।’
उनले कांग्रेस सत्तामा गएर परिर्वतनको धारालाई प्रतिनिधित्व गर्न चाहेको बताए ।
‘कांग्रेस सत्तामा जान चाहन्छ । सत्तामा गएर परिर्वतनको धारालाई प्रतिनिधित्व गर्न चाहन्छौँ’ उनले भने, ‘सत्तामा मात्र नभई देशको मूलभूत मुद्दामा केन्द्रित गर्न चाहन्छौँ। कांग्रेस सधैँ सत्तामा छैन ।’
सुशासनको माग र भ्रष्टचारको दलदलमा देश फसेको चिन्ता र बहस आमजनता माझ भएको उल्लेख गर्दै उनले दलदलबाट कसरी निकाल्ने भन्ने बहस अघि बढाउनुपर्नेमा जोड दिए ।