काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो पार्टीको चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ।
मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजना गरिने एक विशेष कार्यक्रमका बीच पार्टी सभापति गगन थापाले उक्त ‘संकल्प पत्र’ सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।
घोषणापत्रमा नेपाली कांग्रेसले आगामी पाँच वर्षका लागि आफ्नो स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने बताएको छ।
पार्टीले यसअघि नै विभिन्न विज्ञ र सरोकारवालाहरूसँग छलफल गरी आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर यो संकल्प पत्र तयार पारेको जनाएको छ।