कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
587
Shares
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीको तयारी तथा अन्य समसामयिक राजनीतिक विषयमा गहन छलफल हुनेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरूका साथै सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।