arrow

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ गते शुक्रबार बस्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
congress------------.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठक फागुन ८ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन बीपीनगर ललितपुरमा बस्ने पार्टीले विज्ञप्ति जारी गरी जानकारी दिएको हो । 

बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन । यद्यपि चुनावका बेलामा विभिन्न चलखेल भइरहने सम्भावनाबीच एकढिक्का भएर १६५ ओटै निर्वाचन क्षेत्रमा लाग्नका लागि नेता कार्यकर्तालाई कडा निर्देशन दिने अपेक्षा गरिएको छ । 

यस्तो छ पार्टी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्ति-

फागुन ४, २०८२

केन्द्रीय अनुशासन समितिको बैठक सम्बन्धमा ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८२ फागुन ८ गते शुक्रबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत् जानकारी गराइन्छ ।

कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ