arrow

चन्द्रागिरीमा महाशिवरात्रि विशेष भजन–कीर्तन उत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
bhaleshwor-mahadev-chandragiri-82-11-2.jpg

काठमाडौँ । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरीमा महाशिवरात्रिको पावन अवसरलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूह सहितको महाशिवरात्रि विशेष भजन–कीर्तन उत्सव हुँदैछ । 

त्यसका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी गरिएको छ । आइतबार  महाशिवरात्रिमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन–कीर्तन उत्सव तथा महाआरती लगायतका धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ । 

कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद तथा भगवान् भालेश्वर महादेवको आशीर्वाद ग्रहण गर्न सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ