काठमाडौँ। काठमाडौँको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कूटर पछाडि सवार घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
मङ्गलबार कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित पुलमा ट्याङ्करले ठक्कर दिँदा ४६ वर्षीया रोशना दुवाल गम्भीर घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए ।
उनका अनुसार मूलपानीबाट दुवाकोटतर्फ जाँदै गरेको बा३ख ३९५४ नम्बरको ट्याङ्करले ठक्कर दिँदा रोशना घाइते भएकी र उपचारको क्रममा निजको मृत्यु भएको हो ।