arrow

मूलपानीमा ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
accident-final.jpg

काठमाडौँ। काठमाडौँको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कूटर पछाडि सवार घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

मङ्गलबार कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित पुलमा ट्याङ्करले ठक्कर दिँदा ४६ वर्षीया रोशना दुवाल गम्भीर घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार मूलपानीबाट दुवाकोटतर्फ जाँदै गरेको बा३ख ३९५४ नम्बरको ट्याङ्करले ठक्कर दिँदा रोशना घाइते भएकी र उपचारको क्रममा निजको मृत्यु भएको हो ।

दुवाल बागमती प्रदेश-०२-०४३ प २७२६ नम्बरको स्कुटरमा पछाडि सवार थिइन् ।

करिब २३ वर्षीया निलिसा दुवालले चलाएको स्कुटर बोडेबाट मूलपानीतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालक नुवाकोटको दुप्चेश्वर घर भएका २३ वर्षीय महाविर तामाङलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ