arrow

सभापति थापाको छलफलपछि गण्डकी प्रदेशमा कांग्रेस बन्यो एक ढिक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
gandaki-congress-82-10-24.jpeg

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेस एक ढिक्का बनेको छ । कांग्रेस सभापति गगनकुमार थापाले गण्डकी प्रदेशका कांग्रेसका नेताहरूसँग गरेको छलफलपछि कांग्रेस एक ढिक्का भएको सन्देश दिइएको हो ।

सभापति थापाले ११ जिल्लाको १८ वटा निर्वाचन क्षेत्रको अवस्थाका बारेमा छलफल गरेका छन् । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका सबै उम्मेदवारहरूलाई जिताउन गर्नुपर्ने गृहकार्यका बारेमा सूक्ष्म तरिकाले छलफल भएको नेताहरुले बताएका छन् ।

कांग्रेस नेता तथा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीका अनुसार सो छलफलमा पार्टीले उठाएका प्रतिनिधि सभाको उम्मेदवार, उम्मेदवारको अवस्था, अन्य नेता कार्यकर्ताको भूमिका र आवश्यक रणनीति बारे छलफल भएको थियो । 

पार्टीभित्र रहेका केही असन्तुष्टिहरूलाई पनि छलफलबाट पूर्वरूपमा समाधान गरिएको उनको भनाइ छ । 

छलफलपछि पार्टीका सबै नेताहरूमा ऊर्जा थपिएको र एक ढिक्का भएर चुनावमा होमिने वातावरण बनेको नेता सुवेदीले जानकारी दिए। 

सभापति थापाले यसअघि मधेस प्रदेशका ८ जिल्लाका नेता कार्यकर्तासँग जनकपुरमा छलफल गरेका थिए भने आवश्यकता अनुसार अन्य प्रदेशमा पनि पार्टीका नेता कार्यकर्तासँग चुनावी छलफल गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ