arrow

रमेश लेखक पाँच महिनापछि पुगे जलेको पुर्खौली घर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
ramesh-lekhak-82-10-19.jpg

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुगेका छन् ।

जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते उनको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिए ।

लेखकको काठमाडौँको नैकापमा रहेको घर, बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।  महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मतसम्भार गरी उनले आश्रय लिइरहेका छन् ।

पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीयसित साक्षात्कारसमेत गरे । स्थानीयबासीले गाउँमा भइरहेको सडक पूर्वाधार लगायतका विकासका बारेमा जानकारी गराएका थिए । 

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यस पटक भने उम्मेदवार छैनन् । 

पार्टीले पूर्व जिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तीव्रता दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ