arrow

रामेछापका कांग्रेस उम्मेदवार खड्काले गरे संयमपूर्वक लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
ramechap-congress-82-10-19.jpeg

रामेछाप । नेपाली कांग्रेसका उम्मेदवार रामेछापबाट प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धा गर्दै आएका रामचन्द्र खड्काले आगामी फागुन २१ को निर्वाचन अत्यन्त संवेदनशील अवस्था भएको बताएका छन् ।

मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भदौ २३ र २४ को घटनापछि प्रतिनिधि सभा गैरसंवैधानिक रूपमा विघटन भएको र त्यसपछि निर्वाचन अनिवार्य भएको बताएका छन् ।

खड्काले यस निर्वाचनमा संयमताको साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै नयाँ नेतृत्व सहित कांग्रेस चुनावी मैदानमा आएको बताए । उनले यस पटक १ सय ६ जना नयाँ उम्मेदवार प्रतिनिधि सभा सदस्यको लागि प्रस्तुत भएको र नयाँ पुस्ताको आवाज प्रतिनिधित्व गर्न सक्षम हुने दाबी गरे ।

पछिल्लो समय पुराना पार्टीप्रति वितृष्णा फैलाउने प्रयास भएको भन्दै खड्काले भने, “कमजोरी सुधार्नुपर्छ, तर राम्रा कामको छायाँमा पुराना पार्टीलाई बदनाम गर्ने काम देशी–विदेशी शक्तिबाट भइरहेको छ”, उनले लोकतन्त्रको जीत वा हार यस निर्वाचनमा निर्भर रहने र कांग्रेसले लोकतान्त्रिक शक्तिको अगुवाइ गर्नुपर्नेमा जोड दिए ।

रामेछाप जिल्लाको विकास र समृद्धिलाई आफ्नो प्राथमिकता रहेको भन्दै खड्काले कानूनमा सुधार, नयाँ कानून निर्माण र सुशासनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचनमा संयमित र लोकतन्त्रवादी ढङ्गले अघि बढ्ने रणनीति पनि सार्वजनिक गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ