arrow

स्टन्टले देश चल्दैन

जादु र चटकले होइन, कानून र प्रणालीले देश सुधार्छौँ : गगन थापा [भिडियो]

सिष्टम बनाउन कानून चाहिन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
gagan-10-17.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रशासनिक र राजनीतिक प्रणालीमा सुधार ल्याउन सही कानून र थिति बसाल्नुपर्ने बताएका छन्। शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उनले सस्तो लोकप्रियताका लागि 'स्टन्ट' र 'चटक' देखाएर वास्तविक सुधार सम्भव नहुने स्पष्ट पारे। 

थापाले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन र अनियमितता रोक्न डन्डा बोकेर हिँड्नुको साटो बलियो कानून र प्रक्रिया निर्माण गर्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेस जहिले पनि प्रणाली र स्थापित प्रक्रियामार्फत सुधार ल्याउने कुरामा विश्वास राख्ने पार्टी भएको उनको भनाइ छ।

सभापति थापाले विश्वविद्यालयदेखि संवैधानिक निकायसम्म हुँदै आएको दलीय भागबण्डाको अन्त्य गर्ने दृढता समेत व्यक्त गरे। उनले निजामती कर्मचारी प्रशासनमा हुने गरेको राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गर्ने योजना सुनाउँदै यो कांग्रेसको मुख्य सङ्कल्प भएको बताए। "हाम्रा सार्वजनिक निकायहरूमा कुनै पनि आर्थिक लेनदेन नहोस् भन्ने हामी सबैले चाहेका छौँ, तर यसको नतिजा ल्याउन जादु वा चटकले पुग्दैन," उनले भने, "हामीले त्यस्तो सिष्टम बनाउनुपर्नेछ जहाँ व्यक्ति भन्दा पद्धति बलियो होस्।" कांग्रेसले यसका लागि आवश्यक योजना बनाइसकेको र अब परिणाम दिने गरी काम गर्ने उनले दाबी गरे।

थापाले सुधार र सुशासनमार्फत जनताले महसुस गर्ने गरी परिवर्तन ल्याउन आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको जानकारी दिए। उनले पार्टीले विगतमा गरेका गल्तीहरू सुधार्दै जहाँ-जहाँ अनावश्यक हस्तक्षेप भएको छ, ती सबै ठाउँलाई व्यावसायिक र मर्यादित बनाउने प्रतिबद्धता दोहोर्‍याए। कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले कांग्रेस अब योजनाबद्ध सुधारको बाटोमा हिँडिसकेको र यसका लागि सबैको साथ आवश्यक रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ