arrow

रामेछाप कांग्रेसको चुनावी 'मुभ' : सोमबारदेखि भिरपानीबाट घरदैलो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
ramechhap-congress-s.jpg

काठमाडौं । नेपाली कांग्रेस रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोमबारदेखि घरदैलो अभियान सुरु गर्ने भएको छ। पार्टीले माघ १९ गतेदेखि सुरु हुने प्रचारका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने तयारी गरेको छ।

त्यसका लागि नेताहरूलाई जिम्मेवारी दिन कांग्रेसले शनिबार पूर्ण बैठक आह्वान गरिसकेको छ। बैठकमा जिल्लाका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई उपस्थित हुन पत्रमार्फत जानकारी गराइएको छ।

पार्टीका प्रचारप्रसार संयोजक हिमाल ढुङ्गेलका अनुसार फागुन २१ को निर्वाचनका लागि माघ ६ गते पार्टीका पूर्व सभापति रामचन्द्र खड्काको उम्मेदवारी दर्ता भएपछि चुनावी रणनीति तय गर्दै घरदैलोको तयारी अन्तिम चरणमा पुगेको हो। ‘उम्मेदवारी दर्तापछि काठमाडौँमा कार्यकर्तासँग छलफल गरेर चुनावी रणनीति तय गरेका छौँ, अब सोमबारबाट घरदैलो अभियान थाल्ने तयारी छ,’ ढुङ्गेलले भने।

पार्टीले चुनावी प्रचारप्रसारलाई दुई चरणमा सञ्चालन गर्ने जनाएको छ। अनौपचारिक घरदैलो कार्यक्रम खाँडादेवी गाउँपालिकाको वडा नं ३ भिरपानीबाट सोमबारदेखि सुरु हुनेछ। औपचारिक चुनावी प्रचार अभियान भने फागुन ४ गतेदेखि लिखु तामाकोशी गाउँपालिकाको नागीबाट सुरु हुनेछ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसले रामचन्द्र खड्कालाई चुनावी मैदानमा उतारेको छ। जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित कुल १७ जनाले प्रतिस्पर्धा गर्दै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ