arrow

युवराज सफल पक्राउ, महान्यायाधिवक्ता कार्यालयविरुद्ध भ्रम फैलाएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
yubaraj-safal.jpg

काठमाडौं । सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको र तथ्यहीन आरोप लगाएको अभियोगमा प्रहरीले युवराज सफल भनिने युवराज पौडेललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले उनलाई आजै काठमाडौँबाट नियन्त्रणमा लिइएको पुष्टि गरे।

महान्यायाधिवक्ता र महान्यायाधिवक्ताको कार्यालयविरुद्ध सामाजिक सञ्जालमा आधारहीन र कपोलकल्पित आरोप लगाएको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ लगत्तै उनलाई अदालतमा पेस गरिएको थियो, जहाँबाट अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।

महान्यायाधिवक्ताको कार्यालयले गत माघ ८ गते नै पौडेलमाथि छानबिन गरी कानुनी कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरी विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ