arrow

इन्टरनेट बजारमा निजी क्षेत्रको दबदबा, यी हुन् १० कम्पनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
10-companyss.jpg

काठमाडौँ । नेपाली इन्टरनेट बजारमा अहिले सेवाप्रदायक कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मङ्सिर मसान्तसम्मको तथ्याङ्कअनुसार करिब दुई दर्जन कम्पनीहरू बजारमा क्रियाशील रहे पनि ग्राहक सङ्ख्याका आधारमा वल्र्डलिंक सबैभन्दा अगाडि देखिएको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार वल्र्डलिंकले १० लाख ५५ हजार ग्राहकसहित बजारको ठूलो हिस्सा ओगट्न सफल भएको छ। वल्र्डलिंकपछि दोस्रो स्थानमा डिसहोम रहेको छ, जसको ग्राहक सङ्ख्या ३ लाख ८२ हजार पुगेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकम ३ लाख ७४ हजार ग्राहकसहित तेस्रो स्थानमा छ।

बजारमा आक्रामक देखिएको भायनेट ३ लाख ४० हजार ग्राहकसहित चौथो र क्लासिक टेक २ लाख ६८ हजार ग्राहकसहित पाँचौँ स्थानमा रहेका छन्। यस्तै, छैटौँमा सुबिसु (२ लाख ५५ हजार), सातौँमा वेभसफर (१ लाख ७६ हजार) र आठौँमा टेकमाइन्स (१ लाख २३ हजार) रहेका छन्। नवौँ र दशौँ स्थानमा क्रमशः वाइफाई नेपाल र सिजी कम्युनिकेशन रहेका छन्।

यसरी कम्पनीहरू ग्राहक सङ्ख्या बढाउने होडबाजीमा लागे पनि सेवाको गुणस्तरमा भने उपभोक्ता सन्तुष्ट देखिँदैनन्। धेरैजसो प्रयोगकर्ताहरूले इन्टरनेटमा समस्या आउँदा कम्पनीहरूले समयमै समाधान गर्न चासो नदेखाएको गुनासो गर्दै आएका छन्। सेवाप्रदायकहरू गुणस्तर सुधार्नुभन्दा पनि 'ग्राहक तानातान' मा मात्र केन्द्रित भएको उपभोक्ताको आरोप छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ